रियलमीले ल्यायो यस्तो गज्जबको स्मार्टफोन, मूल्य पनि सस्तो (हेर्नुहोस् डिटेल)


स्मार्टफोन ब्रान्ड रियलमीको प्रिमियम स्मार्टफोन ‘१० प्रो प्लस’ फाइभ जी सार्वजनिक भएको छ । रियलमी १० प्रो प्लस फाइभ जीमा फ्ल्यागसिप लेभल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको छ ।

९३.६५ प्रतिशत स्क्रिन–टु–बडी रेसियो भएको यो फोनको मोटाइ २.३३ मिमी छ । हाइपरस्पेस डिजाइन र अल्ट्रालाइट बडी भएको यस रियलमी १० प्रो प्लसको तौल जम्मा १७३ ग्राम छ ।

यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जुन १७ मिनेटमै ५० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा फ्ल्यागसिप लेभलकै १०८ मेगापिक्सलको क्यामेरा रहेको छ। क्यामेरामा नोनापिक्सेल प्रविधि प्रयोग गरिएको छ ।

हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको बजार मूल्य ४५ हजार ९९९ तोकिएको छ। यसमा ८ जीबी-१२८ जीबी स्टोरेज छ ।

प्रकाशित : २०७९ पुष ६, बुधबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ