संस्कृत भाषामा शपथ लिएका यी सांसद को हुन् ?


काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथग्रहणमा जानुअघि एक सांसदले पशुपतिनाथको दर्शन गरेका छन् ।

रौतहट २ बाट विजयी स्वतन्त्र सांसद किरण साह शपथ लिनुअघि पशुपतिनाथको आशीर्वाद लिन पुगेका हुन् । उनले संस्कृत भाषाबाट शपथ लिए ।

नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने साह पहिलो सांसद हुन् । केही समयअघि एमाले प्रवेश गरेका साह पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका थिए ।

प्रकाशित : २०७९ पुष ७, बिहीबार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ