ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट, राजा आऊ देश बचाउको लाग्यो नारा


जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह आज जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन् ।

हिजो जनकपुरधाम आइपुगेका उनले आज जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन् । जानकी मन्दिरमा उनको स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । उनी मन्दिर पुगेपछि समर्थकले राजा आउ, देश बचाउको नारा लगाए ।

मन्दिरका महन्थ रामतपेश्वर दासले पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिर भएको मायाको चिनो प्रदान गरे । पूजापाठ पश्चात उनी जनकपुरस्थित होटल सोल्ती पुगेका छन् ।

जनकपुर किन आएको विषयमा उनले कुनै प्रतिक्रिया दिन मानेनन् । उनी आज दिउँसो समर्थकहरुसँग छलफल गर्ने स्रोतले जनाएको छ ।

प्रकाशित : २०७९ पुष ९, शनिबार १३:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ