जसपा संसदीय दलको नेता चयनमा जुटेन सहमती, निर्वाचन तालिका सार्वजनिक


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले यही पुस १३ गते संसदीय दलको नेता छान्ने भएको छ । जसपा संसदीय दलको कार्यालयले निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ।

घोषित कार्यतालिका अनुसार बुधबार (पुस १३ गते) विहान ११ देखि १२ बजेसम्म मनोनयनपत्र दर्ता हुनेछ भने १२ बजेदेखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउँसो १२ः३० देखि दिउँसो १ः३० बजेसम्म नाम फिर्ता लिने समय दिइएको छ ।

यस्तै, दिउँसो १ः३० देखि २ बजेसम्म दाबी विरोध, २ देखि २ः३० सम्म अन्तिम नामावली प्रकाशन र दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मतदान हुनेछ । सोही दिन दिउँसो ३ः३० बजेपछि परिणाम घोषणा गरिनेछ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी दलका १२ जना सांसद छन्। अध्यक्ष यादव भने प्रतिनिधि सभामा पराजित भएका थिए । जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि हाल सरकारमा सहभागि भएको छैन ।

सरकारमा सहभागि हुने या नहुने भन्ने विषय भने पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकबाट मात्र तय हुने सो दलले जनाएको छ ।

प्रकाशित : २०७९ पुष १२, मंगलवार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ