जनकपुरः रेलमा किचिएर एक यात्रुको मृत्यू


https://www.youtube.com/watch?v=29XBYRNv9G8

जनकपुरधाम । जनकपुरधाम–जयनगर रेलले किचेर एक यात्रुको मृत्यू भएको छ । मृत्यु हुनेमा धनुषा नगराईन नगरपालिका राघवपुर बस्ने ३५ वर्षीय पुरन सादा रहेको प्रहरीले जनाएका छन् ।

भारतको जयनगरबाट रेल जनकपुरधाम आउने क्रममा विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा चढ्न लागेका एक यात्रुको किचिएर मृत्यू भएको धनुषा प्रहरीले जनाएको छ ।

रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेपछि ति यात्रुको घटनास्थलमै मृत्यू भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : २०७९ पुष १३, बुधबार १०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ