दुःखद् खबर : मोटरसाइकल पल्टिदा धनुषाधामका सब–इन्जिनियर यादवको मृत्यू


जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकाका सब-इन्जिनियर रोशन यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शुक्रवार राति अनियन्त्रित भएर आफै चलाएको ना। १ ब। २५५६ नम्बरको मोटरसाइकल पल्टिदा सब-इन्जिनियर यादव मृत्यु भएको हो ।

सर्लाही प्रहरीका अनुसार यादव दुर्घटनामा घाइते भएका थिए । उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ ।

मृतक सब-इन्जिनियर यादव धनुषाको धनुषाधाम नगरपालिका ३ घर रहेको बताइएको छ । घर जाने लागेका उनको दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७९ पुष १६, शनिबार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ