जसपा र एकीकृत समाजवादीबीच पार्टी एकताकाे तयारी


काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच पार्टी एकता गर्ने तयारी अघि बढेको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग जसपासँग एकता गर्न आफूहरू छलफलमा रहेको बताएका हुन् ।

उनका अनुसार एकता लागि छलफल चलिरहेको छ र छलफलले निर्णय गर्नेछ । अहिले एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेको छ।

निर्वाचनबाट प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद निर्वाचित भएका छन् ।

प्रकाशित : २०७९ पुष १८, सोमबार १९:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ