दुःखद् खबर– जाडोले कठ्यांग्रिएर सप्तरीका सदाको मृत्यू


राजविराज । सप्तरीमा जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले बताए ।

चार दिनअघि भारतको पन्जाबबाट आएका सदा बिहीबार राति खाना खाएर सुतेको र शुक्रबार बिहान ओछ्यानमै मृत फेला परेको स्थानीयले बताए ।

विपन्न मुसहर समुदायका उनको घरमा न्यानो कपडाको अभाव रहेको र यसकै कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताए । सप्तरीमा गत पुस ८ गते पनि जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको थियो ।

ado

प्रकाशित : २०७९ पुष २२, शुक्रबार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ