औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले गरे बोरिङको शिलान्यास, ६० विघा खेतमा सिँचाई हुने


सिरहा । खेत सिँचाईका लागि औरही गाउँपालिका ५ (साविकको वडा नम्वर ९)स्थित बोरिङ जडान सुरु भएको छ । शुक्रवार गाउँपालिका अध्यक्ष शिवजी यादवले बोरिङको शिलान्यास गरेसँगै जडान सुरु भएको हो ।

प्रदेश सरकारको योजना अन्तर्गत बोरिङ जडान भइरहेको छ । यो बोरिङ सञ्चालनमा आएपछि करिब ६० विघा जग्गाको सिँचाई हुनेछ । प्रदेश सरकारले यस्तो ६ वटा बोरिङ यो गाउँपालिकामा जडान गर्न लागेको छ ।

गाउँपालिका अध्यक्ष यादवले तुलसीपुरमा यसअघि नै बोरिङको शिलान्यास गरेको थियो । उक्त बोर्डिङ सञ्चालनमा आइसकेको छ । ६ वटै बोरिङ जडान पश्चात करिब ३६० विघा जग्गामा किसानले सहजै सिँचाई गर्न सक्छन् । यसबाट हजारौं किसान लाभान्वित हुनेछन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै अध्यक्ष यादवले खेत खेतमा सिँचाई पुर्याउने प्रतिवद्धता जनाएका थिए । उनले २ वर्षभित्रै हरेक खेतमा सिँचाई पुग्नेगरी काम गरिरहेको बताए । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

प्रकाशित : २०७९ पुष २३, शनिबार ११:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ