पोखरामा विमान दुर्घटनाः पाँच भारतीयसहित १५ विदेशी नागरिक रहेको पुष्टि


काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए ।

दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २६ जनाको शव संकलन गरिएको बताइएको छ ।

अहिले पनि उद्धारकार्य जारी रहेको छ । स्थानीयहरूले भने दुर्घटनास्थलबाट आगोको मुस्लो निस्किरहेको भिडियो सार्वजनिक गरेका छन् ।

प्रकाशित : २०७९ माघ १, आईतवार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ