मधेशका लोभी दुई साँसद : जिते स्वतन्त्रबाट, सत्ताको स्वाद चाख्न जसपामा प्रवेश


जनकपुरधाम । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

महोत्तरी–२ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१)बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।

मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ ।

भिडिओ हेर्नुहोस् :

प्रकाशित : २०७९ माघ ८, आईतवार १६:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ