अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप


काठमाडौं । दर्जनौँ मानिसलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमले जेलभित्रबाटै बिचौलिया शासन चलाएको भन्दै कारबाहीको माग भएको छ ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै रौतहट २ बाट निर्वाचित सांसद किरण कुमार साहले जेलमा बिचौलियाहरूको प्रवेश र जेलबाटै हुने आपराधिक गतिविधिहरू नियन्त्रण हुनुपर्ने बताए ।

सांसद साहले अफताब आलमले रौतहट कारागारभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप लगाए । आलम निर्वाचित हुँदै आएको सो क्षेत्रमा यस पटक किरणले स्वतन्त्र उम्मेदवार बनेर आलमका छोरालाई पराजित गरेका थिए ।

साह अहिले एमालेमा प्रवेश गरिसकेका छन् । भिडियो पनि हेर्नुहोस् :

प्रकाशित : २०७९ माघ १८, बुधबार १४:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ