केपी ओली कपको ट्रफी सार्वजनिक, विजेताले १० लाख पाउने


काठमाडौंं । बिहीबारबाट सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । आयोजकले मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । प्रतियोगिताको दोस्रो दिन शुक्रबार दुई खेल हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एनआरटी भिड्नेछन् । खेल बिहान ११ः०० बजे हुनेछ ।

सोही दिन मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्नेछन् । सो खेल दिउँसो ३ बजे हुनेछ । फागुन १३ गते शनिबार केपी ओली एफसी र जावलाखेल खेल्नेछन् ।

आइतबार प्रतियोगिताको पहिलो सेमिफाइनलमा सातदोबाटो र पुलिसबीचको खेलको विजेता तथा आमी र एनआरटीको विजेता भिड्नेछन् । दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र मछिन्द्रको विजेता टोली तथा केपी ओी एफसी र जावलाखेलको विजेता भिड्नेछन् । फाइनल खेल फागुन १७ गते बुधबार दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विभागततर्फ उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित : २०७९ फाल्गुन ९, मंगलवार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ