Breaking- सांसद अरुण चौधरीको निलम्बन फकुवा


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी फैसला कार्यान्वयनका लागि जेल परेकोमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर रिहा भइसकेका छन् ।

 

प्रकाशित : २०७९ फाल्गुन १०, बुधबार १४:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ