सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ । सांसद सहनाज रहमानको निधन भएपछि रिक्त स्थानमा जसपाले मञ्जुलाई पठाउने भएको हो ।

बिहीबार ललितपुरमा बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको हो । उनी सप्तरीकी हुन् । पार्टीका तर्फबाट समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान खाली थियो ।

रिक्त पदमा मुस्लिम कल्सटरको दोस्रो स्थानमा रहनुभएकी अन्सारीलाई सांसद बनाउन सिफारिस गर्ने पार्टीले निर्णय प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

प्रकाशित : २०७९ चैत्र २, बिहीबार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ