उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्


काठमाडौं । जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले दश दलीय गठबन्धनबाट जसपाका रामसहाय यादवलाई नै भोट हाल्न ह्वीप जारी नभएको बताएकी छन् ।

जारी मतदान प्रक्रियाको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनबाट अहिले तीनजना उम्मेदवार रहेको बताइन् ।

उनले भनिन्, ‘कानून सबैभन्दा ठूलो हो । त्यसैले राष्ट्र र कानूनलाई नै टेकेर हिँड्छु । यो महिलाहरुको हक अधिकारको कुरा हो । उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ । हाम्रो पार्टी अध्यक्षले संविधानको मर्मलाई आत्मसाथ गर्दै मलाई उम्मेदवार बनाउनुभएको हो । गठबन्धनबाट रामसहायलाई नै भोट हाल्न ह्वीप जारी भएको जानकारी छैन । कुनै पार्टीले पनि दश दलीय गठबन्धनबाट उहाँलाई नै मत दिनुपर्छ भनेको छैन ।’

राष्ट्रपति पुरुष भइसकेकाले महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै ममताले समावेशीमा ठूला दलहरूले ध्यान दिनुपर्ने बताइन् ।

प्रकाशित : २०७९ चैत्र ३, शुक्रबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ