बारा २ मा हाम्रो पार्टीको पनि समर्थन उपेन्द्रजीलाई नै हुन्छ : राजेन्द्र महतो


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा २ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् ।

उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । ‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने ।

गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन रहने महतोले बताए । आगामी १० वैशाखमा बारा २, चितवन २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदैछ ।

यसअघि लोसपाले बारा २ मा राजेन्द्र महतोलाई उम्मेदवार बनाउने चर्चा थियो । महतो स्वयंले उपेन्द्रलाई समर्थन गर्ने बताएका कारण सो सम्भावना टरेको छ ।

प्रकाशित : २०७९ चैत्र १९, आईतवार १७:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ