सिक्किममा हिमपहिरो : तीन नेपालीसहित ७ पर्यटकको मृत्यु


काठमाडौं । सिक्किमको नाथुलामा हिमपहिरोमा परी तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुने नेपालीहरूमा दुई जना चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् ।

यस्तै एक जना रुपन्देहीका मुना शाह श्रेष्ठको हिमपहिरोमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । अन्य उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परेर दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँबाट कम्तीमा २० जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : २०७९ चैत्र २२, बुधबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ