गाउँपालिका अध्यक्षले सुरु गरेको ईमरेन्जसी सेवा बन्द जस्तै अवस्थामा


जयनाथ यादव, सिरहा । सिरहाको भगवानपुर गाउँपालिकको प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था नाजुक देखिएको छ ।

गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले निवार्चित हुने वितिकै तामझामका साथ २०७९ साउन १ मा प्रथामिक स्वास्थ्य केन्द्रमै ईमरजेन्सी सेवा शुभारम्भ गरेका थिए ।

उनले ईमरजेन्सी सेवा सञ्चालनमा ल्याएपछि जनताले अब स्वास्थ्य सेवामा सुधार हुने आश गरेका थिए । तर प्रथामिक स्वास्थ्य केन्द्र र ईमरजेन्सी सेवा कागजमै सिमित बनेपछि जनता निराश बनेका छन् ।

गाउँपालिकामा अध्यक्ष यादव निर्वाचित भएपछि हरेक क्षेत्रमा सुधार हुन्छ सोचेका थिए तर झन अवस्था बिग्रेको स्थानीय एक युवकले सुनाए । उनले गुनासो गरे– उपचार गराउन यहाँका जनता अझै टाढाको अस्पताल जानुपर्छ । जसका कारण जनता आर्थिक मारमा परिरहेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसस्त भवन छ । तर कर्मचारी अभाव छ । गाउँपालिका अध्यक्षले आवश्यक संख्यामा स्वास्थ्यकर्मी (कर्मचारी) भर्ना गर्न सकेका छैन ।

दरबन्दी एमबिबिएस डाक्टरको छ । तर डाक्टर ल्याउन गाउँपालिका अध्यक्षले पहल समेत गरेका छैन ।

विषेशज्ञ डाक्टर नहुदाँ एक्सरे, ईसिजी मेसिन थन्केका छन् । विरामीहरु अन्यत्र गएर महंगा उपचार गराउन बाध्य छन् ।

केन्द्रका निमित्त प्रमुख राजेश यादवले ईमरजेन्सी सेवामा घुरन बाबा, एक जना कास र ज्यालादारीमा एचए रुपेश झा कार्यरत रहेको बताए । एमबिबिएस डाक्टर अभावले विरामीहरु समस्यामा पर्ने गरेको उनको भनाई छ ।

प्रकाशित : २०७९ चैत्र २३, बिहीबार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ