सिरहामा गाई काटेको आरोपमा एकजना पक्राउ, विरोधमा स्थानीयको प्रदर्शन


सिरहा । कल्याणपुरमा केहि व्यक्तिले गाईको मासु बेचेको भन्दै बुधबारदेखि नै गाउँमा तनाव उत्पन्न भएको छ ।

कल्याणपुर नगरपालिका १० स्थित मुस्लिम वस्तीमा गाई काटेको भन्दै हिन्दु समुदायले विरोध गरेका हुन् । गाइको मासु फेला परेको भनेर स्थानीयले बुधवार विहान प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी पुगेपछि गाई काटेको आरोप लागेका मानिसहरु फरार भएका थिए ।

प्रहरीले सो बस्तीबाट गाईको मासु रहेको आशंकामा करिब २ किलो मासु बरामद समेत गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएसपी शंकर चौधरीका अनुसार सो वस्तीमा धनुषाको जनकनन्दनी गाउँपालिका २ का गरफुदिन शेखले मासु लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शेखको साथबाट २ किलो मासू र ८० रुपैयाँ बरामद भएको डिएसपी चौधरीले बताए । उनले मासुलाई ल्याब टेष्टको लागि पठाउने तयारी भईरहेको पनि बताए । मासु गाईकै पुष्टि भएमा शेखलाई कानून बमोजिम कारबाही गरिने उनको भनाई छ ।

गाई काटेर मासु बेचेको घटना बाहिरिएपछि स्थानीय हिन्दु समुदायले प्रदर्शन समेत गरे । प्रदर्शन गरेर विरोध गर्दा स्थानीय जमसेद अन्सारीले गालीगलौज गरेपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार ०८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ