सिरहा : विद्यालयले रकम भुक्तानी दिन आलटाल गरेपछि संकटमा फसे व्यापारी यादव


बद्री नारायण यादव, सिरहा । जिल्ला सदरमुकाम सिरहामा रहेको चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाले नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्ससँग विभिन्न मितिमा पटक पटक लिएको सरसमानको भुक्तानी दिनमा आलटाल गर्दै आएको छ ।

जनमाविका प्राचार्य मधुसुदन कर्णको हस्ताक्षरित माग पत्रको आधारमा विभिन्न मितिमा पटक–पटक भवन निर्माण सामग्री दिए वापतको रकम भुक्तानीमा विद्यालयले आलटाल गर्दै आएको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्स सिरहाका प्रोप्राईटर रोषण कुमार यादवले गुनासो गरेका छन् ।

रकम भुक्तानी नपाएपछि समस्या झेल्न बाध्य उनी बिहीवार पत्रकार सम्मेलन नै गरेका थिए । उनले छड, सिमेन्ट र डोरी लगायत विभिन्न निर्माण सामग्री उपलब्ध गराए वापत भ्याटसहित १७ लाख ४ हजार ५८१ रुपैयाँ विद्यालयले भुक्तानी गर्न आलटाल गरिरहेको दुःखेसो पोखे ।

उनका अनुसार बिल नं.१७२ को ४ लाख ५३ हजार ४ सय ६९, बिल नं.१६७ को ६ लाख ६४ हजार ९ सय ८०, बिल नं.१६८ को ३ लाख ८९ हजार ८ सय ५० र बिल नं.२०४ को १ लाख ९६ हजार २ सय ८१ गरी चारवटा बिलको भुक्तानी गर्न आलटाल गर्दै आएका छन् ।

निर्माण सामग्री दिए वापत विद्यालयमा पेश गरिएको बीलको आर्थिक वर्ष समाप्त भएपछि पनि भुक्तानी हुन नसक्दा लेखा परीक्षकको राय बमोजिम उक्त बिल पेश भएको हो भनी स्वीकृति पत्र दिएको तर रकम भुक्तानी नगर्दा व्यावसाय नै बर्बाद हुने अवस्थामा पुगेको उनले गुनासो गरेका छन् ।

‘विद्यालयका प्राचार्य कर्णले हस्ताक्षर गरेको सामग्री माग पत्र अनुसार निर्माण सामग्री उपलब्ध गराएर रकम भुक्तानीका लागि बर्षौ देखि कैऔ पटक ताकेता गरे पनि कुनै सुनुवाई गरिरहेको छैन्,’ व्यवसायी यादवले भने,“विद्यालयलाई उपलब्ध गराएको निर्माण सामग्रीको बिल काटेर विद्यालयमा गएको आर्थिक वर्षमै पेश गरे । कर कार्यालयमा त्यस बिलको कर पनि चुक्ता गरिसके तर भुक्तानी नहुँदा दोहोरो मारमा परेको छु ।’

प्रमाणसहित आएमा प्रक्रिया पु¥याएर नियमानुसारको भुक्तानी गर्न सकिने चनमावि सिरहाका प्राचार्य कर्णले बताए । केही कारणले भुक्तानीको प्रष्टताबारे ढिलाई भएको उनले स्वीकार गरेका छन् । अगामी दिनमा त्यस्तो समस्याको निकास हुने उनको दाबी छ ।

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार ०८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ