धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु


जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको औरही पुलमा ट्रकले मोटरसाइकलमा ठक्कर दिएपछि एक जनाको मृत्यू भएको छ ।

मृत्यु हुनेमा मिथिला नगरपालिका ३ हरिहरपुर मोटरसाइकल चालक २२ वर्षीय युवराज महतोको रहेका छन् ।

बुधबार साँझ औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले महतोले चलाइरहेको प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएपछि दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

मृतक महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ