२ करोड घुस प्रकरण : ढाका कुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, साँसद पद पनि खोसियो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।

सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।

बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताए ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

तर, उनले आफूलाई फसाउनको लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गरेका छन् । उनले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी गरेका छन् ।

प्रकाशित : २०७९ चैत्र २९, बुधबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ