५० करोडको मलखाद किन्न मधेशको मन्त्रिपरिषदमा कृषिमन्त्रीको प्रस्ताव


जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले ५० करोडको अनुदानले मलखाद किन्न प्रस्ताव गरेका छन् ।

आज बसेको मधेश प्रदेशको मन्त्रिपरिषद् बैठकमा मन्त्री कुशवाहाले सो प्रस्ताव गरेका हुन् । उनले चालु आवमा कृषि मन्त्रालय मातहतमा गर्न नसकिने कार्यक्रम काटेर मलखादमा अनुदान उपलब्ध गराएर किसानको समस्या समाधान गर्न सकिने बताएका छन् ।

किसानको मुद्दा बोकेर उदाएको जनमत पार्टीबाट मन्त्री बनेका कुशवाहाले किसानको समस्या समाधानमा निरन्तर जोड दिँदै आएका छन् ।

मधेशका ९० प्रतिशत जनता कृषिमा निर्भर छन् । तर मलखादको अभाव र सिँचाईको समस्याले बर्षेनी समस्या झेल्दै आएका छन् ।

प्रकाशित : २०७९ चैत्र ३०, बिहीबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ