सप्तरीमा पैसा ननिस्किएपछि एटीएम तोडफोड


सप्तरी । सप्तरीमा एटीएममा पैसा निकाल्न खोज्दा पैसा नआएपछि दुई युवकले एटीएम तोडफोड गरेका छन् ।

बिहीबार दिउँसो कृष्णसवरण गाउँपालिका-६ महुली बजारस्थित माछापुछ्रे बैंकको एटीएम तोडफोड भएको हो । यही गाउँपालिकाको वडा नं २ बस्ने ३८ वर्षीय सुवासकुमार चौधरी र २५ वर्षीय निराजन चौधरी एटीएममा पैसा निकाल्न गएका थिए ।

तर पैसा नआएपछि उनीहरूले एटीएमको ढोकामा लात्ताले हानेर तोडफोड गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई तत्कालै सुरक्षागार्डले फेला पारेका थिए । उनले इलाका प्रहरी कार्यालय महुलीमा जानकारी गराएपछि पुगेको प्रहरीले दुवैजनालाई पक्राउ गरेको छ ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

प्रकाशित : २०८० बैशाख १, शुक्रबार १८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ