काठमाडौं-तराई मधेश द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड मकवानपुर आउँदै


हेटौंडा । निर्माणाधीन काठमाडौं(तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर आउने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे भीमफेदी गाउँपालिका ८ महादेवटार आइपुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत अनुगमनमा आउन लागेका उनले महादेवटारसँगै फास्ट ट्र्याक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका ५ राजदमारको अनुगमन गर्नेछन् ।

प्रकाशित : २०८० बैशाख ५, मंगलवार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ