सबैभन्दा चाँडो १०० विकेट लिने कीर्तिमान बनाए सन्दीपले


काठमाडौँ । सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन् । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा सन्दीपले ओमनका १२.३ ओभरमा १३ रन बनाएर खेलिरहेका अदिल सफिकलाई एलबीडब्लु आउट गराए ।

योसँगै लामिछानेले दुर्लभ विश्वकीर्तिमान बनाएका छन्। उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो १०० विकेट लिने खेलाडी बनेका छन् । यस क्रममा उनले अफगानिस्तानका बलर राशिद खानको कीर्तिमानलाई पछि पारेका छन् । राशिदले ४४ खेलबाट १०० एकदिवसीय विकेट लिएका थिए । उनीपछि अस्ट्रेलियामा मिचेल स्टार्कले ५२ खेलबाट १०० विकेट लिएका थिए ।

सन्दीप लामिछानेले भने ४२ खेलबाट १०० औँ एकदिवसीय विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।

विश्वकीर्तिमान बनाएसँगै दौडिएर लामिछानेले विकेट सेलिब्रेट गरे । टिमका अन्य खेलाडीले उनलाई बोकेर दौडाए। लगत्तै लामिछानेले पिचमा ढोगेका थिए । सन्दीप अघि ललित राजवंशीले जतिन्दर सिंहलाई बोल्ड आउट गराएका थिए ।

एसीसी प्रिमियर लिगको समूह ‘ए’ को खेलमा कीर्तिपुरमा नेपाल र ओमन प्रतिस्पर्धारत छन् । नेपालले ओमनलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमन जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित : २०८० बैशाख ८, शुक्रबार १६:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ