तनहुँमा करिब साढे १६ हजार भोट गनिसक्दा ५६ प्रतिशत स्वर्णिमलाई


तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को जारी गणनाको अपडेट प्राप्त भएको छ । तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म गणना गरिएको मतको स्वर्णिमले मात्र ५६ प्रतिशत भोट प्राप्त गरेका छन् । स्वर्णिमले मतान्तर बढाउदै गरेकाले जित निश्चित रहेको धेरैले दावी गर्न थालिसकेको छ ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४२१३ मत ल्याएर दोस्रो स्थानमा रहँदा एमालेका सर्वेन्द्र खनाल २४३० मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित : २०८० बैशाख ११, सोमबार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ