हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो


संखुवासभा । संखुवासभाको भोटखोला ४ मा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको संखुवासभाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउएका थिए । दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर घाइते भएका छन् । घाइते चार जनालाई काठमाडौं लगिएको उनले बताए ।

दिउँसो भोटखोला गाउँपालिका ४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : २०८० बैशाख २२, शुक्रबार १६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ