काठमाडौं । जनता समाजवादीले २७ वैशाख पछि मात्रै आफ्नो तर्फबाट एकजना मन्त्रीको नाम पठाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको छ ।
कांग्रेसबाट सुरेन्द्र आचार्यले महिला, बालबालिका तथ जेष्ठ नागरिक मन्त्रीको सपथ आज लिने भएका छन् ।
आज नै जसपाबाट पनि मन्त्री पठाउने चर्चा थियो । उक्त दलका एक नेताका अनुसार २७ वैशाख पछि मात्र मन्त्री हुनेको नाम पठाउने सोंचमा जसपा छ ।
‘आज सपथ लिने कुरा छैन । अध्यक्षले २७ वैशाख पछि मात्रै आफ्नो दलबाट मन्त्री हुने भन्नुभएको छ,’ जसपाका एक नेताले भने । २७ वैशाख पछि मात्रै किन भन्नेमा भने उनले आफू जानकार नरहेको बताए ।