रौतहटमा करेन्ट लागेर २ दिनमा ३ युवकको मृत्यू


रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका ५ मा बस्ने २५ वर्षीय अबुलैस मिया कवारीको विद्युत्को करेन्ट लागेर मृत्यु भएको छ ।

गर्मीबाट बच्न गए राति आफ्नो घरमै पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर कवारीको ज्यान गएको हो । दुई दिनभित्र रौतहटमा करेन्ट लागेर ३ जना युवाको ज्यान गएको छ ।

यस अघि विद्युतीय मोटरबाट करेन्ट लागेर रौतहटको बौधीमाई नगर क्षेत्रमा शुक्रबार राति २ जना युवकको ज्यान गएको थियो ।

मृत्यु हुनेमा बौधिमाई ५ कोपवा गाउँका २५ वर्षीय अरुण साह र २६ वर्षका सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशङ्कर यादवले बताए ।

ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साह लाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो । साहलाई बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए ।

तत्काल एम्बुलेन्स बाट दुवै जना लाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले दुवै जना लाई मृत घोषणा गरेको थियो ।

प्रकाशित : २०८० असार ३, आईतवार ०७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ