रौतहटमा हतियार र गोलीसहित दुई पक्राउ


रौतहट । रौतहटको मौलापुर नगरपालिकामा सवारी जाँचको क्रममा सुरक्षाकर्मीले एकथान कटुवा पेस्तोल, गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

घटना शुक्रबार साँझको भए पनि जिल्ला प्रहरीले आज मात्र सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटेको प्रहरीले मौलापुर ५ स्थित आईटी चोकमा विभिन्न सवारी र पैदल यात्रुहरु जाँच गर्ने क्रममा वीरगन्जबाट आउँदै गरेको यूपि ५७ एफ ३२३८ नम्बरको खरानी रङको हिरोहोन्डा स्प्लेन्डर मोटरसाइकल जाँच गर्दा सिट मुनि लुकाइराखेको अवस्थामा कटुवा पेस्तोल १ थान र गोली १ थान फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

एसपी बुढामगरका अनुसार हतियारसहित सर्लाही मंलगवा नगरपालिका–७ बस्ने मोटरसाइकल चालक उमेश राय र पछाडि सवार मोहन रायसमेतलाई नियन्त्रणमा लिएको छ ।

‘उनीहरुले हतियार कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भन्ने अनुसन्धान सुरु गरेका छौं,ु एसपी बुढामगरले भने, ‘पक्राउ परेकाहरुसित सोधपुछ भइरहेको छ । वास्तविकता चाँडै खुल्छ ।’

प्रहरीले पक्राउ परेका दुवैलाई जिल्ला अदालत गौरबाट हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको जनाएको छ ।

प्रकाशित : २०८० असार ४, सोमबार ०७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ