५० लाख दाइजो माग्ने रौनियार विवाह मण्डपबाटै पक्राउ


काठमाडौं । ५० लाख दाइजो मागेर दबाब र धम्की दिएको आरोपमा एक युवकलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ परेका छन् ।

सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह मण्डपबाटै मालिगाउँ प्रहरीले पक्राउ गरेको हो ।​

बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिएको भन्दै बेहुली पक्षले प्रहरीमा उजुरी दिएको थियो । उनलाई मंगलबार विवाह समारोहबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

यसबीचमा पटक पटक गरी २२ लाख रुपैयाँ बेहुला पक्षले बेहुली पक्षबाट लिइसकेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ ।

विवाह समारोहमा जन्तीलाई उचित स्वागत नभएको र मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज्जती गर्दै हातपातसमेत गरेपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई पक्राउ गरेको हो ।

आरोपित रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रौनियारसँग अमेरिकाको ग्रिनकार्ड रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० असार १३, बुधबार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ