अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?


काठमाडौं । अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन् ।

३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । उनी घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

आमा-बुवा बाहिर पार्टीमा गएका बेला उनी मृत फेला परेका हुन् । कलाकार तथा फिल्म इन्डस्ट्रिजहरूले सारुकप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।

कलाकार सानु ताम्राकारका छोरा सारुक पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए ।
फिल्मको मुख्य अभिनेता सारुक बिहीबार बिहान पनि फिल्मको सुटिङ गरेर घर फर्किएका थिए ।

सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्ममा अभिनय गरेका छन् ।

उनको पछिल्लो फिल्म ‘ह्यासट्याग माया’को छायांकन जारी छ। उनी अभिनित ‘इन्टु मिन्टु लन्डनमा’ भने प्रदर्शन हुन बाँकी छ ।

प्रकाशित : २०८० असार २२, शुक्रबार ०९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ