करेन्ट लागेर सप्तरीमा ६५ वर्षीय चौधरीको मृत्यु


राजविराज । करेन्ट लागेर सप्तरीमा बिहीबार एक जना वृद्धको मृत्यू भएको छ।

सुरुङ्गा नगरपालिका ५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको मृत्यु भएको हो ।

घरमा विद्युत्‌को तार जोड्ने क्रममा करेन्ट लागेका चौधरीलाई उपचारका लागी सप्तऋषि अस्पताल लहान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० असार २८, बिहीबार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ