जनकपुरमा आइफोनको नाममा ठगी– ठग पक्राउ, रकम बरामद गरी पीडितलाई बुझाइयो


जनकपुरधाम । अनलाइनबाट आईफोन (मोवाइल) पठाईदिन्छु प्रलोभन दिएर ठगी गरेका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ति व्यक्तिले आइफोन ११ अनलाइनबाट पठाइदिने भनेर कास्की पोखराका विशाल नेपालीसंग ५० हजार रुपैयाँ ठगेका थिए ।

ठगी गर्ने व्यक्तिबाट ५० हजार रुपैयाँ बरामद गरी पीडित विशाल नेपालीलाई प्रहरीले फिर्ता गरेको छ ।

रकम ठगी गर्नेमाथि प्रहरीले नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको छ । अनलाइनबाट ठगी धन्दामा गिरोह नै संलग्न रहेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०८० श्रावण ४, बिहीबार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ