२६ सहसचिव सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णय अनुसार विभिन्न मन्त्रालय अन्तरगतका सहसचिवहरु सरुवा गरिएको हो ।

निर्णय अनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकरी फेरिएका छन् । ललितपुर र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन गरिएको छ ।

राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेय अर्थमन्त्रालयमा सरुवा भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयका सहसचिव अस्मान तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा जिम्मेवारी पाएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा श्यामकृष्ण थापा सरुवा भएका छन् ।

यसअघि पोखरा महानरपालिकामा कार्यरत वीरेन्द्रदेव भारती ललितपुर महानगरपालिकामा सरुवा भएका छन् । ललितपुर महानगरपालिकाका सहसचिव गणेश अर्याललाई गृहमन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई गृह मन्त्रालय वा मातहत र मशेध प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव भिष्म कुमार भुषाल बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन् ।

सरुवा सूची :

प्रकाशित : २०८० श्रावण ७, आईतवार १७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ