धान खेतमा पानी हाल्न मोटर जोड्दा करेन्ट लागेर मण्डलको मृत्यू


राजविराज । सिँचाइका लागि खेतमा पानी तान्ने मोटर लगाउने क्रममा करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका–६ का ३५ वर्षीय उमेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान धान खेतीका लागि खेतमा पानी तान्ने मोटर लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण अस्पताल राजविराज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० श्रावण ९, मंगलवार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ