प्रभु साहले संसदमा भने- फेरि देशमा लोडसेडिङ घोषणा गरिदिनुस्


काठमाडौं । आमजनता पार्टीका सांसद प्रभु साहले देशमा फेरि लोडसेडिङ घोषणा गर्न आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो देशमा लोडसेडिङ छ कि छैन ? यदि छैन भने तराई मधेशमा दिन दिनै किन काटिन्छ बिजुली ?’, उनले भने, ‘छिन छिनमै लाइन काटिएर तराईमा बाँच्नै नसक्ने अवस्था छ । पाँच दिन लाग्छ १० कठ्ठा खेतमा सिँचाइ गर्न । एक घण्टामा अलिकति भिजायो फेरि जान्छ, कृषकले भोगेको सास्ती भनिसाध्य छैन ।’

उनले सरकारसँग लोडसेडिङ हो भने जनतालाई भनिदिन आग्रह गरे ।

‘विद्युत् प्राधिकरणको लापरबाहीले तराई मधेशका मानिसको जीवन नारकीय भएको छ’, उनले भने, ‘रौतहटमा केही महिनायता २४/२५ जनाको मृत्यु करेन्ट लागेर भयो। प्राधिकरणको यो लापरबाहीको जिम्मेवारी कसले लिने ?’

प्रकाशित : २०८० श्रावण १०, बुधबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ