महोत्तरीका मिटरब्याजी इन्द्रजित साह पक्राउ


काठमाडौं । महोत्तरीमा एकजना मिटरब्याजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।महोत्तरीको भंगाहा नगरपालिका ६ का इन्द्रजित साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनलाई बुधबार अपराह्न जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरबाट नियन्त्रणमा लिइएको महोत्तरीका डिएसपी दीलिपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार बुधबार मिटरब्याजबारे छलफल गर्न साहलाई जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो । सहायक सिडिओ, पीडित र प्रहरीसँगै सरोकारवाला निकायका व्यक्तिहरूसहितको छलफलमा विवाद भएपछि साहलाई नियन्त्रणमा लिइएको हो ।

‘मिटरब्याज लगाएर हडपेको जग्गाजमीन फिर्ता गर्नेबारे छलफल भएको थियो । त्यसक्रममा उनले फिर्ता नगर्ने भनेर विवाद गर्न खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ डिएसपी गिरीले भने ।

अपराह्न साढे चार बजे नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीविरूद्ध ६र७ जनाले उजुरी दिएको डिएसपी गिरीले बताए ।

जिल्ला प्रशासन कार्यालय आज पनि छलफल रहेकोले उनलाई छलफलमा उपस्थित गराउन लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : २०८० श्रावण ११, बिहीबार १२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ