एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी


काठमाडौँ । एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकाले पहिले भारतविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
मैदान कोलोम्बोमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

तर अहिले स्टेडियम क्षेत्रमा पानी परेपछि खेल अघि बढ्न सकेको छैन । टस भइसकेपछि पानी पर्न थालेको हो । पिच भिज्ने भएपछि अहिले मैदानमा त्रिपाल हालेर छोपिएकको छ ।

खेलाडीहरु पानी रोकिएर खेल सुरु हुने प्रतिक्षामा छन् । यसअघि श्रीलंकामा भएका एसिया कपका अन्य खेल पनि पानीले पटक पटक प्रभावित भएका थिए ।

फाइनललमा श्रीलंकाको टोलीमा दुई परिवर्तन गरेको छ । थिकसनाको स्थानमा अलराउण्डर दुशान हेमन्थाले लिएका छन् । कसुन राजिथाले पुनरागमन गरेका छन् ।

भारतले भने बंगलादेशसँगको टोलीमा ६ खेलाडी परिवर्तन गरेको छ । भारतको कप्तानी रोहित शर्माले गर्दा श्रीलंकाको कमानी भने दासुन शानकाले गर्नेछन् ।

श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै सातौं पटक एसिया कपको उपाधि जित्न चाहान्छ ।

पछिल्लो पाँच खेललाई हेर्ने हो भने चार खेलमा भारत अपराजित छ। एक खेलमा श्रीलंकाले कोलोम्बोमा नै भारतलाइ डिएल मेथडमा ३ विकेटले हराएको थियो । त्यसपछिका बाँकी खेलमा भारत अपराजित छ ।

श्रीलंकाको प्लेइङ ११
कुसल परेरा, पाथुम निसान्का, कुसल मेन्डिस (विकेट किपर), सदिरा समाराविक्रमा, चरिथ असालान्का, धनन्जया डि सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेलालेज, दुशन हेमन्थ, माथाना, कसुन रजिथा।

भारतको प्लेइङ ११
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकीपर),इशान किशन, हार्दिक पाण्ड्या,रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, जसप्रित बुमराह।

प्रकाशित : २०८० भाद्र ३१, आईतवार १६:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ