जब १७ वर्षीया यादव एक घण्टाका लागि मधेशकी गृहमन्त्री बनिन्


जनकपुरधाम । एक छात्रालाई एक घण्टाका लागि मधेश प्रदेशको गृह, सञ्चार तथा कानुनमन्त्री बनाइएको छ ।

प्लान इन्टरनेसनल नेपालले शुक्रबारमा आयोजना गरेको कार्यक्रममा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया विभा कुमारी यादवलाई एक घण्टाका लागि गृहमन्त्री बनाइएको हो ।

कार्यक्रम अवधिभर प्रदेशका गृहमन्त्री मोहम्मद समिमले आफ्नो कुर्सीमा यादवलाई बसाएर मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका थिए । धनुषाको बिदेह नगरपालिका-३ की यादवको मनोवल उच्च बनाउन तथा समाजमा पछाडि परेका महिलालाई प्रत्साहन दिन आफूले एक घण्टाका लागि मन्त्रीको कुर्सी हस्तान्तरण गरेको मन्त्री समिमले बताए ।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेसनल नेपालले विकासको कामसहित बालिका, किशोरी तथा महिलाको सशक्तिकरण गर्ने अभियानअन्तर्गत विभिन्न पदमा बालिकाहरूलाई पदासीन गराएर उनीहरूको आत्मबललाई बलियो बनाउने प्रयास गरिरहेको छ ।

प्रकाशित : २०८० कार्तिक १७, शुक्रबार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ