पर्सामा ३६ लाखभन्दा बढी मूल्यको कस्मेटिक सामान र जुत्ता बरामद


पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित भुटनदेवी मन्दिर नजिकैबाट माघ १६ गते सशस्त्र प्रहरीले करिब ३६ लाख ४० हजार रुपैयाँ बराबरको चोरी पैठारीको कस्मेटिक सामान र जुत्ता बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठका अनुसार भारतबाट अवैध रूपले साइकलहरूमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो ।

उक्त सामान ल्याउने व्यक्तिहरू भने फरार भएका थिए । बरामद सामान वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

प्रकाशित : २०८० माघ १६, मंगलवार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ