सिके राउतको टिप्पणी- सत्तामा बस्नेहरू अहिले जङ्गबहादुर झैँ ‘सेतो बाघ’बाट तर्सिन्छन्


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसद् चार शीर्ष नेताहरूको रबर स्ट्याम भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा बोल्दै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका असफल दिशामा गएको बताए ।

उनले भने- न्यायपालिकाबाट न्याय पाउने आशा नै राख्न नसक्ने अवस्था छ । संवैधानिक निकाय सरकारको निर्देशन अनुसार चल्छन् । कार्यपालिकाको अवस्था कुनै कुरा डेलिभरी गर्न सकेको छैन । म पनि गठबन्धनमै छु बैठकमा कतै पनि जनसरोकारको विषयमा छलफल हुँदैन । गठबन्धन कसरी टिकाउने रु सरकार कसरी टिकाउने रु विरोधीहरूलाई कसरी समाप्त पार्नेतिर मात्रै ध्यान दिएको देख्छु । जसरी जंगबहादुरले रगतको आहालमा खेलेर आफ्नो राज्यव्यवस्था ल्याएका थिए अन्तिम समयमा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो । त्यस्तै नै अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै सेतो बाघ नै सिर्जित भएको देख्छु ।

युवाहरूले विदेश जान खोज्दा गोली चलाएर व्यवस्था र शासन ढाल्न आएको भन्दै सेतो बाघ देख्न थालेको टिप्पणी गरे ।

प्रकाशित : २०८० फाल्गुन १०, बिहीबार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ