अहिले अदालतले उल्टाइदिए पनि भविष्यमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुन्छ : प्रचण्ड​​


काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरे पनि भविष्यमा फेरि कायम हुने बताएका छन् ।

बलिदानी दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले संक्रमणकालीन कानूनको कुरा टुंगिएपछि भविष्यमा फेरि जनयुद्ध दिवसको बिदा कार्यान्वयन हुने बताएका हुन् ।

‘जनयुद्ध दिवसलाई राज्यको तर्फबाट सम्बोधन गरेको थिएँ, सरकारको क्यालेन्डरमा बिदा समावेश गरेको थिएँ । सर्वोच्च अदालतले शान्ति प्रक्रिया नटुंगिएको भनेको छ, अदालतको कुरालाई कमेन्ट गरेका छौनौं, प्रधानमन्त्री भएकोले मैले गर्न मिलेन’, प्रचण्डले भने, ‘तर पनि हामीले जनयुद्ध दिवस मनाइराखेका छौ । संक्रमणकालीन कुरा टुंगिएपछि बिदा फेरि हुन्छ भन्ने विश्वास छ ।’

प्रचण्डले सत्य निरुपण र बेपत्तासम्बन्धी काम नटुंगिएका कारण घाइतेले पाउनु पर्ने परिपूरण पाउन नसकेको बताए । ‘संक्रमणकालीन कानूनसम्बन्धी विधेयक ५ दिनभित्र समितिबाट टुंगो लाग्छ । पारित भएपछि शहीद र बेपत्ता गरेको कामको सम्मान हुनेछ’, उनले भने ।

प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ