प्रसूति गृहबाटै बच्चा चोरेर भागिन् यी महिला


काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट एक शिशुको चोरी भएको छ ।

काभ्रेकी एक महिलाको २६ दिने शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ ।

एक महिलाले शिशुलाई केहीबेर खेलाउने भनेर लिएर हिँडेको प्रारम्भिक अनुमान छ ।

सीसीटीभीको फुटेज हेरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । उनका अनुसार शिशु र शिशु लैजाने महिलाको खोजी जारी छ ।

बच्चा चोरेर भाग्दै गरेकी महिला सीसीटीभीमा भने कैद भएकी छन् । उनको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ ।

प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार १९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ