सिरहाको गोलबजारबाट ब्राउन सुगरसहित चार पक्राउ


मुकेश यादव

लहान, १४ कार्तिक । ब्राउन सुगरसहित चार जानालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको नरहा गाउँपालिका वाड नं. ३ स्थित ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगरसहित चारै जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका- १० बस्ने करिब २० वर्षीय रोशन कुमार यादव, अन्दाजी २० वर्षीय सन्जित कुमार यादव, १८ वर्षीय सन्जित मुखिया र २१ वर्षीय संजय मुखिया रहेको छ ।

प्रहरीले उनीहरुको साथबाट प्लाष्टिकको पोकामा तयार पारीएको लागु औषध (ब्राउन सुगर) ११८० मि.लि ग्राम फेला हो ।

उनीहरुले प्रयोग गरेको स.५प. ३६०३ नम्बर को मोटरसाइकलसहित चारै जनालाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी गोलबजारबाट सिरहामा ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिल राज बोहराले बताएका छन् ।

प्रकाशित : २०७६ कार्तिक १४, बिहीबार १५:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ