मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट


जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४३ अर्ब ९९ करोड २१ लाख ७० हजारको बजेट ल्याएको छ ।

अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले कुल बजेटमा पुँजीगततर्फ २७ अर्ब ९९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ प्रतिशत विनियोजन गरेको बताए ।

उनका अनुसार चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६.४५ प्रतिशत रहेको छ । गत वर्षभन्दा अगामी आवको बजेट ०.५० प्रतिशत कम हो ।

गत आर्थिक वर्षमा सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटको स्रोतमध्ये आन्तरिक राजश्वबाट ९ अर्ब ७ करोड ३० लाख, वित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ८९ करोड ९२ लाख र सशर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी कुल ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ राखिएको छ ।

संघीय राजश्व बाँडफाँडबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौजादबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार व्यहोर्दा २ अर्ब न्यून रहेको छ । सो न्यून पूर्ती गर्न आन्तरिक ऋणबाट २ अर्ब छुट्याइने अर्थमन्त्री साहले जानकारी दिए ।

बजेटको पूर्णपाठ हेर्नुहोस् :

प्रकाशित : २०८१ असार २, आईतवार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ