कांग्रेस त्यागेर एमालेमै फर्किए सप्तरीका जितेन्द्र नारायण देव


काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र नारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवसहितका नेताहरू एमाले प्रवेश गरेका हुन् ।

सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भएका थिए । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए ।

उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भए । २० फागुन २०८० मा उनको कार्यकाल सकिएको थियो ।

प्रकाशित : २०८१ असार १७, सोमबार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ