मधेश प्रदेशसभामै सांसद चौधरीले ०८४ को चुनावमा जनताले जुत्ता मार्ने भनेपछि…


जनकपुरधाम । मधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले राजनीतिक चलखेल र खुट्टा तान्ने प्रवृत्ति रहिरहे सांसदहरुलाई २०८४ को निर्वाचनमा जनताले जुत्ता हान्ने अभिव्यक्ति दिएकी छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलका क्रममा उनले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

भिडिओ हेर्नुहोस्-

उनले भनिन्, ‘बजेटमा पनि विभेद छ । सांसदलाई पहिले डेढ करोड, अहिले ५ करोड । यो कसरी सम्भव भयो रु मुख्यमन्त्रीलाई भन्न चाहन्छु, तपाईं अभिभावक हुनुभो । १०७ माननीय र मन्त्रीलाई बराबरी ढंगले लग्नुपर्छ । तर, यसरी चलखेल र खुट्टा तान्ने गर्नु हुँदैन । यदि यस्तै व्यवस्था रह्यो भने तीन वर्षपछि २०८४ को चुनावमा जनताले तपाईंहरुलाई जुत्ताले मार्छन् ।’

उनले आपत्तिजनक अभिव्यक्ति दिएपछि सदनमा उपस्थित सांसदहरुमा हाँसो उठेको थियो । उनले पैसा र कुर्सीले चलखेल भइरहेको पनि बताइन् । विचौलियाले पनि यहाँ मौकाको फाइदा उठाइरहेको उनको भनाइ थियो ।

श्रम तथा यातायातमन्त्रीबाट आजै बर्खास्त भएकी चौधरीले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने बताइन् ।

सभामुख रामचन्द्र मण्डलले सांसद चौधरीले बोलेलगत्तै उनले गलत शब्द चयन गरेकाले रेकर्डबाट हटाउन निर्देशन दिए ।

 

प्रकाशित : २०८१ असार २२, शनिबार १९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ